यूएईलाई पराजित गर्दै नेपालले जित्यो उपाधि, एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने



काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधी जितेको छ ।

यूएईलाई ७ विकेटले हराएसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । अब नेपालले एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्ने छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुँदै छ ।

मंगलबार वर्षाले अवरुद्ध भएको खेलमा बुधबार यूईएले नेपाललाई ११८ रनको विजय लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार सोही अवस्थाबाट खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमाएको थियो ।


क्लिकमान्डु