३ अर्ब ७२ करोड बिमाशुल्क संकलन गरेको सिटिजन लाइफको नाफा २.६० प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद बिमाशुल्क ३.७१ प्रतिशतले बढेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासको अवधिमा ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो ।

इन्स्योरेन्सले ययस अवधिमा १५ करोड १ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । जुन समीक्षा अवधिको तुलनामा २.६० प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ६१ करोड २३ लाख ३३ हजार रुपौयँ र बिमालेखको धितोमा कर्जाबाट ३ करोड २९ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चालु आवको ९ महिनामा इन्स्योरेन्सले १ अर्ब १३ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले २२ हजार ८७७ वटा कुल बिमालेख जारी गरी ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । यस्तै, इन्स्योरेन्समा कुल कायम रहेको बिमालेखको संख्या २ लाख ७४ हजार २१ छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी ५० प्रतिशतले बढेर २ अर्ब ६२ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषको आकार ५४.१७ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र बिमा कोषको आकार ५३.०२ प्रतिशतले बढेर ८ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशनमा ४९ करोड ५९ लाख ५६ हजार रुपैयाँ खर्च गरेको छ । भने कर्मचारी बोनस व्यवस्थाका लागि ३७ लाख ४६ हजार रुपैयाँ छुट्याएको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियमसहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

इन्स्योरेन्सले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब १५ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु