मोदी इनर्जीको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । मोदी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमा २९ लाख कित्ता आयोजना प्रभावित स्थानीय र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरिएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदन वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ २ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु