धितोपत्र बोर्डबाट १६ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?



काठमाडौं । धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ ।

सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले १६ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका छन् । बाँकी कम्पनीको चरणबद्ध रुपमा आयश पत्र दिँदै जाने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

ब्रोकरका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ ।

बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् ।


क्लिकमान्डु