महासंघको राजस्व समितिमा अम्बिका पौडेल र कृषि उद्यम समितिमा डीबी बस्नेत



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दुई वटा समितिको सभापति चयन गरेको छ । महासंघले कर तथा राजश्व र कृषि उद्यम केन्द्र समिति गठनको सभापति चयन गरेको छ।

कर तथा राजस्व समितिको सभापतिमा अम्बिकाप्रसाद पौडेल र कृषि उद्यम केन्द्रको सभापतिमा डीबी बस्नेत सभापति चयन भएका छन् । समितिमा २१ जना सदस्यीय हुन्छ । सदस्यमा जिल्ला नगर, वस्तुगत, एसोसिएट र क्षेत्रगतबाट लिइन्छ । सम्बन्धित क्षेत्रका विज्ञलाई सदस्यको रुपमा चयन गरिन्छ।

कर तथा राजस्व समितिले उद्योगी व्यवसायीले कर राजस्वमा भोग्दै आएका समस्याको सहजीकरणमा भूमिका खेल्ने गर्दछ । महासंघमा भएको विभिन्न समितिमध्ये कर तथा राजस्व समितिलाई महत्वपूर्ण समितिको रुपमा लिइन्छ।

समितिमा चयन भएका सभापतिले आइतबार नै पत्र बुझेको बताइएको छ । त्यसको औपचारिक घोषणा महासंघका अध्यक्ष चन्द्र ढकालले सम्भवतः मंगलबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।


क्लिकमान्डु