अर्थमन्त्रीलाई सेयर लगानीकर्ताको ६ बुँदे माग



काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री प्रकाशशरण महत ६ बुँदे माग पेश गरेका छन् । लगानीकर्ताका संगठनहरुले सोमबार मन्त्रीलाई भेटेर विभिन्न ६ बुँदे माग पेश गरको छन् ।

लगानीकर्ताहरुले अर्थमन्त्रीसमक्ष राखेका मागमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्नु रहेको छ ।

यस्तै १२ करोडसम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका छन् ।

शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन समेत माग गरेका छन् । लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यस्तै विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न समेत माग गरेका छन् । लगानीकर्ताले मन्त्री समक्ष तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु अनुरोध गरेका छन् ।

लगानीकर्ताको यी माग सम्बोधन भएमा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकाश हुने, विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा पुँजिबजारलाई स्थापना गर्न सकिने लगानीकर्ताले बताएका छन् ।

अहलिे करिब ५६ लाख ५० हजार हितग्राही खाता रहेको, १६ लाखभन्दा बढि लगानीकर्ताले अनलाईन प्रयोग गरेको, विगतमा ४४ खर्बको बजार पुँजिकरण र हाल २७ खर्ब ५० अर्बमा झरेको स्मरण गराएका छन् ।

सेयर बजारबाट सरकारलाई राजस्वको रूपमा विगतमा वार्षिक १५ अर्ब भन्दा बढि पुँजिगत लाभकर गएको समेत स्मरण गराएका छन् ।


क्लिकमान्डु