नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्र्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा पेश हुने छ । सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु