आईपीओ निष्कासन गर्न नेपाल रिपब्लिक मिडियाले पायो बोर्डबाट अनुमति



काठमाडौं । धितोपत्र बोर्डले नेपाल रिपब्लिक मिडियालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न वैशाख ११ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।

नेपाल रिपब्लिक मिडियाले नागरिक दैनिक पत्रिका प्रकाशन गर्दै आएको छ ।


क्लिकमान्डु