पुँजी बजार निश्चित समूहको कब्जामा हुनेगरी दिन लागेको नयाँ स्टकको लाईसेन्स अबिलम्ब रोक्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको पुँजी बजार निश्चित समूहको कब्जामा हुनेगरी दिन लागेको भन्दै नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स अबिलम्ब रोक्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । ‘२० महिना अघि नेपालको पुँजि बजार लगभग ३२०० को बिन्दुमा इन्डेक्स थियो । आजको मितिमा इन्डेक्स १८८९.७५ अंकमा छ । लगानीकर्ताले लाखौं रुपैयाँ गुमाएका छन् । यसको गम्भि परिप्रेक्षमा सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज जसले सरकारलाई प्रतिवर्ष लगभग १ अर्ब रुपैयाँ लाभांश योगदान गरिरहेको थियो’ उनले भनिन्, ‘यस्तो संस्थालाई कमजोर बनाई यसबाट भइरहेको व्यवसाय नयाँ स्टक एक्सचेन्जमा डाईभर्ट गरी नेपालको पुँजिबजार निश्चित समुहको कब्जा हुने गरी कमजोर पार्ने गरी जुन नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी सरकारले गरेर अहिलेको नेप्सेलाई कमजोर बनाएर यसबाट भइरहेको बिजनेश नयाँ स्टकमा डाईभर्ट गरी नेपालको पुँजी बजार निश्चित समूहको कब्जामा हुनेगरी नयाँ स्टकलाई लाईसेन्स दिन खोजिएको छ ।’
सरकारको स्वामित्वमा रहेको एक्सचेञ्ज आधुनिकीकरण गर्न निजी क्षेत्रलाई सहभागी गराउने हो भने वर्तमान स्टकको अडिट गरेर गरेर आएको मूल्यमा निजी क्षेत्र वा पब्लिकको स्वामित्व कायम गराउने सकिने व्यवस्था गर्न आग्रह गरिन् । यसअघि नै सरकारी पुर्नबीमा कम्पनीलाई कम्पनीलाई धरासायी बनाउने गरी नयाँ पुनर्बीमा कम्पनी आएको स्मरण गरिन ।