आगामी वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव




काठमाडौं । नेपाल धितोपत्र बोर्ड आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि राय-सुझाव मागेको छ ।

बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले आगामी आवको नीति तथा कार्यक्रमका लागि वैशाख मसान्तसम्म सुझाव दिन आग्रह गरेको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तयार गर्ने कार्य भइरहेको भन्दै बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि बैशाख मसान्त भित्र पठाउन भनेको छ ।

नीति तथा कार्यक्रममा बोर्डबाट धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा प्राथमिकता र लगानीकर्ता लगायत अन्य सरोकारवालाहरूको अपेक्षा अनुरूप एवं कार्यान्वयन योग्य नीति तथा कार्यक्रम बनाउने उद्देश्यले बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिबृद्धी, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार सम्बन्धी विषयवस्तुहरू समावेश गर्ने बोर्डले जनाएको छ ।


क्लिकमान्डु