मोटर बिमाबाट ९ अर्ब ८८ करोड संकलन, कुन प्रदेशबाट कति ?



काठमाडौं । मोटर बिमाबाट ९ अर्ब ८ करोड रुपैयाँ बिमाशुल्क संकलन भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा मोटर बिमाबाट ९ अर्ब ८ करोड ७६ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका हुन् । जुन कुल निर्जीवन बिमा व्यवसायको ३२.९४ प्रतिशत हुन आउँछ ।

कम्पनीहरुले सम्पत्ति, सामून्द्रिक, हवाई, मोटर, इन्जिनियरिङ् तथा सम्पूर्ण ठेग्गा जोखिम, कृषि तथा बाली बिमा, लघुबीमा र विविध बिमालेख बिक्री गर्दै आएका छन् । जसमध्ये व्यवसायको ठूलो हिस्सा मोटर बिमाले ओगटेको हो ।
कम्पनीहरुले यस अवधिमा मोटर बिमाका १३ लाख ८३ हजार ७१ वटा बिमालेख जारी उक्त रकम संकलन गरेको प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुले बाग्मति प्रदेशबाट मात्रै ५ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ संकलन गरका छन् । बाग्मति प्रदेशमा मोटर बिमाका ६ लाख ३४ हजार ६९८ वटा बिमालेख जारी भएका छन् ।

कम्पनीहरुले लुम्बिनी प्रदेशबाट १ अर्ब ३१ करोड २८ लाख रुपैयाँ, कोशी प्रदेशबाट ९३ करोड ३० लाख, मद्येश प्रदेशबाट ७७ करोड ३५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ८ करोड ६२ लाख रुपैयाँ, सुदुरपश्चिम प्रदेशबाट ३ कोड ८६ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट १२ करोड ८९ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा मोटर बिमाका १ लाख ७३ हजार ५०, मद्येश प्रदेमा १ लाख २४ हजार ५६८, गण्डकी प्रदेशमा १ लाख ४१ हजार ७५०, लुम्बिनी प्रदेशमा २ लाख १४ हजार ९१६, कर्णाली प्रदेशमा १९ हजार ६६४, सुदुरपश्चिम प्रदेशमा ७४ हजार ४२५ वटा बिमालेख जारी भएका छन् ।

कम्पनीहरुले चालू आर्थिक वर्षको चैतसम्ममा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुुन् ।कम्पनीहरुले यस अवधिमा २१ लाख ६६ हजार ३२८ वटा कुल बिमालेख जारी गरी कुल रकम संकलन गरेका हुन् ।

यस अवधिमा कम्पनीहरुले सम्पत्ति बिमाबाट ६ अर्ब ६८ करोड १७ लाख रुपैयाँ, साममून्द्रिक बिमाबाट १ अर्ब ५४ करोड ४२ लाख रुपौयँ, हवाई बिमाबाट १ अर्ब ५० करोड ६४ लाख रुपैयाँ, इञ्जिनियरिङ बिमाबाट ५ अर्ब २६ करोड २६ लाख रुपैयाँ, विविध बिमाबाट ३ अर्ब २६ करोड रुपैयाँ, कृषि तथा बाली बिमाबाट १ अर्ब ८१ करोड रुपैयाँ र लघुबिमाबाट ५ करोड ६७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु