स्वास्थ्य बीमा बोर्डमा ५५ जनालाई रोजगारीको अवसर



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५५ जना कर्मचारी माग गरेको छ । बोर्डले आज सूचना जारी गर्दै दर्ता अधिकारी (ना.सु.वा पाँचौँ तह सरह) पदका लागि कर्मचारी माग गरेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने बोर्डले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका जिल्लाहरु/स्थानीय तहहरुमा काम गर्नुपर्ने बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय, टेकु, काठमाडौंमा दरखास्त बुझाउनु पर्नेछ ।

परीक्षाको किसिम लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ता हुनेछ । यस्तै, आवेदन दिने अन्तिम मितिसम्ममा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको(महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको) हुनुपर्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार २०८० असार २ गते शनिबार परीक्षा हुनेछ । परीक्षा केन्द्र र समयपछि प्रकाशन गरिने बोर्डले जनाएको छ ।

आवेदन फाराम तथा पाठ्यक्रम बोर्डको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ । उम्मेदवारहरुले सूचना प्रकाशित भएकमे मितिले १५ दिनभित्र आवेदन फाराम भरी नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु