ईङवा हाइड्रोपावरको आईपीओ निष्कासन, २० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो । यसअघि नै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।

कम्पनीले १८ करोड रुपैयाँको १८ लाख कित्ता आईपीओ निष्कासन गरेकामा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरेर ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीलाई छुट्याएको छ । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु