सेयर बजारमा देखियो हरियाली, कारोबार रकम न्यून
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबार रकम नबढेपनि बजारमा भने सुधार देखिएको हो ।
कारोबारको सुरुदेखि सुधारको संकेत देखिएको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । मंगलबारको कारोबारमा बजार १७.३६ अंकले बढेर परिसूचक १९०५.६८ बिन्दुमा रोकिएको छ ।
२६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचकमा हरियाली देखिएको छ ।
बैंकिङ समूहको उपसूचक १२.१७, विकास बैंक ५७.०५, वित्त १९.४९, होटल ६६.९७, जलविद्युत १२.०९, जीवन बीमा ५७.३०, उत्पादन तथा प्रशोधन ७९.६३, माइक्रोफाइनान्स १५.८०, निर्जीबन बीमा ९५.४२, ट्रेडिङ समूहको उपसूचक १३.२२ अंकले बढेको छ ।
बजारमा दोहोरो अंकको सुधार आउँदा तारागाँउ रिजेन्सी, खप्तड लघुवित्त वित्तीय संस्था, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, माछापुच्छे« बैंकका सेयरधनीले कमाएका छन् । यस्तै सनराइज ब्लुचिप फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर, धौलागिरी लघुवित्त बित्तीय संस्थाको सेयरधनीले गुमाएका छन् ।