माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आवेदनकर्ताले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।

हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीअ‍ोमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु