प्रिमियम मूल्यमा आईपीओ ल्याउन घोराही सिमेन्टले बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डस्ट्रीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि फरक फरक मूल्यमा सेयर निष्कासन गर्ने छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता सेयर निष्काशन गर्नेछ । सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँका दरले ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्काशन गर्ने छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणसहित ३ अर्ब ४४ करोड १६ लाख ६१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्नेछ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नविल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।