माई खोला हाइड्रोपावरको आईपीओ निष्कासन, ५० हजार कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेकामा ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । १२ लाख ६९ हजार ४११ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।