सेयर बजारमा गिरावट कायमै, यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुमा केही समय बढेको बजार करिब ५ मिनेटपछि बजारमा गिरावट आउन थालेको हो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो ।

बजार मापन गर्ने सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा ओर्लिएको छ । २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको ५.३०, विकास बैंक ४७.३३, वित्त २४.३८, होटल ७.२१, जलविद्युत ३२.३२, जीवन बीमा ७६.९७, उत्पादन तथा प्रशोधन ४४.२४, माइक्रोफाइनान्स ३९.३०, निर्जीबन बीमा ३५.९७, अन्य १३.१५, ट्रेडिङ समूहको उपसूचक ११.२७ अंकले घटेको छ ।

कारोबारमा कालिन्चोक दर्शन, मोलुङ हाईड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सनराइज ब्लूचिप फण्ड, सनराइज म्युचुअल फण्ड, एभरेष्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै सामालिंग पावर कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ७५ लाख ४३ हजार ४२५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा कुमारी बैंकको संस्थापक सेयर र एशियन लाइफ इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु