इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, २० हजार कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
१२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई कम्पनीले सेयर निष्कासन गरिसकेको छ ।
सर्वसाधारणले आईपीओमा वैशाख १३ देखि १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने छन् । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयर आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।