सेयर बजारमा सामान्य गिरावटः कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको सुरुदेखि नै निकै उतार चढाब रहेको कारोबारमा अन्तिम समयमा बजारमा सामान्य गिरावट देखिएको छ ।
बजारमा मापन गर्ने सूचक ३.०७ अंकले घटेर परिसूचक १९०४.९८ बिन्दुमा ओर्लिएको छ । २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबारमा बैंकिङ समूहको ०.०१, विकास बैंक १२.२७, वित्त ६.८६, जलविद्युत २.४९, जीवन बीमा ११.३०, उत्पादन तथा प्रशोधन ४९.६१, माइक्रोफाइनान्स २०.६५, ट्रेडिङ समूहको उपसूचक १८.९४ अंकले घटेको छ ।
यस्तै कारोबारमा होटल समूहको ४०.७५, निर्जीबन बीमा समूहको उपसूचक ५.४३ अंकले बढेको छ ।
बजारमा सामान्य गिरावट आउँदा कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मोलुङ हाईड्रोपावर,सनराइज ब्लु चिप फण्ड, जोशी हाईड्रोपावर, बिन्धाबासिनी हाईड्रोका लगानीकर्ताले कमाएका छन् ।
यस्तै खप्तड लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त, बाराही हाईड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।
कारोबार रकमका आधारमा प्रभु बैंकको संस्थापक सेयर रहेको छ । कम्पनीको ५ करोड २६ लाख ३२ हजार १०२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ ।