नेपालमा वार्षिक १५ प्रतिशतले विद्युत खपत बढ्यो: कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा बिगत ६ बर्षदेखि बर्सेनि १५% प्रतिशतका दरले विद्युत खपत बढेको बताएका छन् ।
मंगलबार उर्जा सम्मेलन २०२३ को उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले नेपालली बजारमा विद्युतको माग बढिरहेको बताए ।
उनले नेपालमा ट्रान्समिसन लाईन बनाउन जग्गा प्राप्ति लगायतका समस्या कायमै रहेको बताए । अहिले जे समस्या देखिएको भए पनि भविष्यमा यो हट्दै जा उनको भनाइ छ ।
विभिन्न समस्याका बाबजुत पनि निजी क्षेत्रले प्रभावकारी रुपमा काम गरिरहेको घिसिङको भनाइ थियो । नेपालले क्रस बोर्डर लाइन निर्माण पनि तिब्र रुपमा अघि बताएको उनले बताए ।
कार्यक्रममा भारतका इनर्जी सेक्युरिटीका निर्देशक डा भुपेन्द्र सिंहले भारतमा विद्युतको माग निकै बढेको बताए ।
नेपालमा उत्पादन भएको विजुली चीन भन्दा भारत र वंगलादेशमा निर्यात गर्न सजिलो हुने उनको भनाइ छ ।
हिमाली क्षेत्रबाट जानु पर्ने भएका कारण चीनमा विद्युत बेच्न नेपाललाई सहज नहुने उनको भनाइ छ । त्यसैले भारत र वंगलादेशमा नेपालले बजार खोज्नु पर्ने उनको भनाइ छ ।