२०२५ सम्ममा नेपाल विद्युतमा पूर्णरुपमा आत्मनिर्भर हुन्छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सन् २०२५ सम्म विद्युतमा पूर्णरुपमा आत्मनिर्भर हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा उर्जा सम्मेलन २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको बताए ।

अहिले वर्षायाममा बिजुली खेर गए पनि हिउँदमा केही अंश आयात गर्नुपरेको उनले बताए ।

सन् २०२५ सम्म आत्मनिर्भर बनेपछि नेपालले हिउँदमा विद्युत आयात गर्नु नपर्ने र निर्यात गर्ने राष्ट्रको रुपमा गनिने प्रधानमन्त्रीको भनाइ छ ।

‘नेपालमा बिजुलिमा लगानीको अथाह सम्भावना छ,लगानीको वातावरण पनि निकै राम्रो छ’ उनले भने, बिद्युतमा स्वेदशीले मात्रै नभएर विदेशी लगानीकर्ताले पनि लगानी गर्न सक्छन्, सरकारले कस्तो सहयोग गर्नुपर्ने हो त्यसका लागि तयार छौं ।’

प्रधानमन्त्रीले यो समिटमा ग्रिन इनर्जीको विषयमा बृहत् छलफल गर्न आग्रह गरे । नेपालमा उर्जाको सम्भावना रहेको भन्दै यसमा लगानी बढाउन उनले आग्रह गरे ।


क्लिकमान्डु