सेयर बजार राताम्मे बन्दा कसले कमाए, कसले गुमाए ?
काठमाडौैं । सेयर बजार राताम्मे भएको छ । पछिल्लो समय बजारमा निरन्तर गिरावट आएको छ । यो क्रम सोमबार पनि कायमै रह्यो । बजार राताम्मे बन्दा इन्डेक्स १९ सय बिन्दु नजिक पुगेको छ ।
बजार मापन गर्ने सूचक २३.६४ अंकले घटेर परिसूचक १९०८.०४ बिन्दुमा रोकिएको छ । यो दिन २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर ९२ करोड ७८ हजार ५१७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको १२.७७, विकास बैंक ६६.५७, वित्त कम्पनी २९.६५, जलविद्युत ३३.०१, जीवन बीमा १४९.९०, उत्पादन तथा प्रशोधन ५९.०१, माइक्रोफाइनान्स ५८.५०, निर्जीबन बीमा ५७.७६, अन्य १२.०९ र ट्रडिङ समूहको उपसूचक १७.७३ अकले घटेको छ ।
बजार राताम्मे बन्दा पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै कालिन्चोक दर्शन, मोलुङ हाइड्रोपावर, सामालिंङ पावर कम्पनीका सेयर धनीले गुमाएका छन् ।
कारोबारमा सनराइज ब्लुचिप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, उन्नति सहकार्य लघुवित्त, उपकार लघुवित्त, कालिका लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गुमाएका छन् ।
कारोबार रकमका आधारमा अरुण भ्याली हाईड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ७ करोड २ लाख ४३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र एनआईसी एशिया बैंक रहेको छ ।