छुट्ला है दोल्ती पावरको आईपीओमा आवेदन दिन



काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आज कार्यालय समय भित्र मात्रै आवेदन दिन सकिने छ । दोल्ती पावरले चैत २८ गतेदेखि सर्वसाधारणका लागि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँको १० लाख ७२ हजार ९७२ कित्ता सेयर निष्कासन गरेको छ ।

जसमा ६८ हजार १७ कित्ता सामूहिक लगानी कोष, १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु