टिकेन सेयर बजारको उत्साह, नेप्से परिसूचक दोहोरो अंकले घट्यो



काठमाडौं । सेयरबजारमा देखिएको उत्साह एक दिन पनि टिकेन । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ९२अंकले उकालो लागेकोमा बिहीबार २९.०७ अंकले घटेको छ ।

नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेपछि बुधबार नेप्से परिसूचक १८ सय ७१ अंकबाट बढेर १९६३ अंकमा पुगेको थियो ।

बिहीबार भने बजार १.४८ प्रतिशतले घट्दै १९३४.४७ अंकमा पुगेको छ ।

बिहीबार घटेको बजारमा ४९ लाख १३ हजार ७०२ कित्ता सेयर १ अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज ३० कम्पनीको मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ । यस्तै ४ वटा कम्पनीको मूल्य भने परिवर्तन भएको छैन ।

दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढ्नेमा आदर्श लघु वित्त वित्तीय संस्था, कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रो कम्पनी रहेका छन् ।

यस्तै १८६ कम्पनीको मूल्य घट्दा सबैभन्दा बढी सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम २ को मूल्य ५.५ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको २ लाख ४ हजार ८३७ कित्ता सेयर ८ करोड ४२ लाख मूल्यमा कारोबार भएको छ ।


क्लिकमान्डु