बैंक वित्तीय संस्था बलिया छन्, चिन्ता लिनु पर्दैन: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् ।

बुधबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले सानो तिनो धक्काले नेपालको बैंकिङ क्षेत्रमा केही असर नपर्ने बताए ।

‘राष्ट्र बैंकको नियामकीय प्रावधान र विभिन्न रिजर्बले गर्दा बैंक वित्तीय संस्था बलिया छन्’ अधिकारीले भने,‘हामीले अहिले चिन्ता गर्नु पर्ने अवस्था छैन ।’

अराजक गतिविधिका बिच पनि बैंकिङ सेवा दिने कर्मचारीलाई गभर्नर अधिकारीले धन्यवाद ज्ञापन गरे।


क्लिकमान्डु