शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ ।

माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो।

गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो ।

असोज यता शोधनान्तर स्थिति निरन्तर बचतमा छ ।

चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथैं आयात २० प्रतिशतले घटेपछी शोधनान्तर स्थिति बचतमा गएको हो।


क्लिकमान्डु