गोरखामा ४.६० मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजना बन्ने



काठमाडौं । गण्डकी प्रदेशको गोरखा जिल्लामा सुपर माछाखोला जलविद्युत आयोजना बन्ने भएको छ । गोरखाको धार्चे गाउँपालिकामा रहेको माछा खोलामा ४.६० मेगावाटको उक्त जलविद्युत आयोजना बन्ने भएको हो ।

बुढिगण्डकी हाईड्रोपावर प्रा.लि.ले यो आयोजना निर्माणका लागि अनुमति पत्रको दरखास्त दिएको विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै जनाएको छ । नदी प्रवाहमा आधारित रहने यो आयोजनाको जडित क्षता ४.६० मेगावाट हुने र आयोजनाबाट वार्षिक सरदर २५.९९२ गिगावाट हावर जलविद्युतीय उर्जा उत्पादन हुने जनाइएको छ ।

यो आयोजनाबाट उत्पादित विद्युतीय उर्जालाई विद्युत गृहको ३३ केभी स्वीचयार्डमा जडान हुने ट्रान्फर्मरमार्फत करिब ३४ किमि लामो ३३ केभीको प्रसारण लाइनबाट प्रस्तावित सल्यानटार सबस्टेसनमा जोडिनेछ ।

आयोजनालाई २०८५ असार २० गतेसम्ममा विद्युत उत्पादन हुने गरि निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु