सेयर बजारमा सामान्य सुधार




काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.५४ अंकले बढेर परिसूचक १८४४.०२ बिन्दुमा रोकिएको छ ।

२६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा सामान्य सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ समूहको उपसूचक ४.१३, विकास बैंक १८.१५, होटल ५३.५१, जलविद्युत ५.९६, जीवन बीमा १६.१६, माइक्रोफाइनान्स ६.६९, निर्जीबन बीमा समूहको उपसूचक ३१.०६ अंकले बढेको छ ।

कारोबारमा सानिमा मिडल तमोर हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कालिन्चोक दर्शन, बाराही हाईड्रोपावर पब्लिक, मदाङकिनी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमई लघुवित्त, बलेफी हाईड्रोपावर, इस्टर्न हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु