छुट्ला है भूगोल इनर्जीको आईपीओमा आवेदन दिन



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु