लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने



काठमाडौं । घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग राखेका हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीले नेपालमा अपार्टमेण्ट खरिद गर्न पाउने व्यवस्था गर्न सरकासँग माग गरे ।

उनले भू–उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउने व्यवस्था गर्न, व्यवस्थित बसोवास तथा शहरीकरण सम्बन्धित आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिनुपर्ने बताए । उनले ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै शहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउन पनि माग गरे । उनले घर जग्गा कारोबारमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो भन्नेहरुले अब घर जग्गा कारोबारलाई व्यवस्थित गर्नुपर्ने धारणा राखेको बताए ।

महासंघको नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उपाध्यक्षमा राजकुमार राई र विदुर धमला, महासचिवमा विष्णुप्रसाद घिमिरे, सचिवमा रामसुन्दर बिके र कोषाध्यक्षमा रोहकुमार भोयद्यो निर्वाचित भएका छन् ।

यस्तै, प्रदेश सदस्यहरुमा कोशी प्रदेशबाट घनश्याम पोखरेल, गण्डकी प्रदेशबाट अरुणस्तोम त्रिपाठी, वागमती प्रदेशबाट बाबुराम अधिकारी, लुम्बिनी प्रदेशबाट दशरथ पौडेल तथा खुला सदस्यबाट श्रीधर महरा क्षेत्री र पूर्णिमा राजभण्डारी निर्विरोध निर्वाचित भएको छन् । महासंघको कार्यकाल दुई वर्षको हुनेछ ।


क्लिकमान्डु