सेयर बजार राताम्मे

322
Shares

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार राताम्मे बन्दा पनि कारोबार रकम भने बढेको छ । बजार मापन गर्ने सूचक २८.३१ अंकले घटेर परिसूचक १८३८.४८ बिन्दुमा रोकिएको छ ।

२६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १५.११, विकास बैंक ६१.५२, वित्त २७.७३, होटल ४३.०४, जलविद्युत ५७.९०, जीवन बीमा १७९.९४, उत्पादन तथा प्रशोधन ४९.८१, माइक्रोफाइनान्स ४४.३५, निर्जीबन बीमा समूहको उपसूचक १५३.३६, ट्रेडिङ समूहको उपसूचक २७.३३ अंकले घटेको छ ।

बजार राताम्मे बन्दा पनि कालिन्चोक दर्शन, सानिमा ग्रोथ फण्ड, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ७८ लाख ५५ हजार ७४२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।

Skip This