वैशाख ६ देखि सिटिजन्स सुपर ३० म्युचुअल फन्ड निष्कासन हुने



काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १० करोड रुपैयाँको १ करोड ५० लाख इकाईमा निष्कासन गर्र्न लागेको मध्ये ८ करोड ५० लाख इकाई मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

फन्डमा वैशाख ६ देखि १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २० गतेसम्म आवेदन दिन सकिने छ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु