रावा इनर्जीको आईपीओ निष्कासन, कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि २ लाख ८० हजार कित्ता र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ५६ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविसका स्थानीयले आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावितले वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अन्ुसार आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख ७ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

स्थानीयले साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखाबाट र बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट पनि आवेदन दिन सक्नेछन् । रोजगारीका लागि विदेशमा रहेका नेपालीले भने सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु