भूगोल इनर्जीको आईपीओ निष्कासन, ३० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु