सेयर बजारमा सामान्य सुधार, कारोबार रकमले भने दिएन साथ




काठमाडौ । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सुधार आउँदा पनि कारोबार रकम भने बढ्न सकेको छैन । बजार मापन गर्ने सूचक ८.३९ अंकले बढेर परिसूचक १८७५.०७ बिन्दुमा रोकिएको छ ।

२६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँमा सेयर किनबेच भएको छ ।
बजारमा सामान्य सुधार आउँदा पनि अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको ७.८२, विकास बैंक ३.८९, वित्त ६.३९, होटल ३२.२४, जलविद्युत १०.२४, जीवन बीमा २९.३४, माइक्रोफाइनान्स समूहको उपसूचक २९.०५ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा ४४.३५, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४.२८ अंकले घटेको छ ।

कारोबारमा कालिन्चोक दर्शन, सानिमा ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ४३ लाख ३७ हजार ८६५ रुपैयाँको सेयर किनबेच भएको छ। दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र गुँरास लाइफ इन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु