महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?



काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले चैत २९ गतेदेखि १० वर्ष अवधिका लागि प्रतिकित्ता एक हजार रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा ६ लाख कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी ४ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । यसबाट २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

‘११% महालक्ष्मी डिबेन्चर २०८९’ मा बार्षिक ११% ब्याज पाइने छ । अहिले बैंकहरुले पनि मुद्दती खातामा ११ प्रतिशत ब्याज दिने गरेका छन् । ऋणपत्रमा वैशाख ४ गतेसम्म आवेलन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु