ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा ५५ इन्चको वेस्तेल स्मार्ट टिभी जित्ने मौका



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट या क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ ।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत २१ देखि वैशाख ९ सम्म लागू रहने जनाएको छ । योजनाको अन्त्यमा कुल सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ । छनौट भएका भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन् ।

यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवर्धन गर्नु रहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

लगभग सबै वित्तीय सूचकांकमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु