छुट्ला है मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिन



काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

आवेदनकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले चैत १९ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले २२ करोड ८० लाख रुपैयाँको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा ८० हजार कित्ता सामूहिक लगानी कोष, ३२ लाख २८ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केटले रहेको छ ।


क्लिकमान्डु