अझै देखिएन सेयर बजारमा रौनक



काठमाडौं । सेयर बजारमा देखिएको गिरावट मंगलबार पनि कायमै रहेको छ ।

देशले नयाँ अर्थमन्त्री पाएपछि बजारमा सुधार आउँछ भन्ने लगानीकर्ताको अपेक्ष अझै पुरा हुन सकेको छैन । बजार मापन गर्ने सूचक ५.२० अंकले घटेर परिसूचक १८६६.६८ बिन्दुमा रोकिएको छ ।

२६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा सामान्य गिरावट आउँदा बैंकिङ समूहको उपसूचक ५.८१, जीवन बीमा ८०.७०, निर्जीबन बीमा समूहको उपसूचक ११९.६३ अंकले घटेको छ ।

कारोबारमा विकास बैंक १०.७८, जलविद्युत ४.४०, माइक्रोफाइनान्स ७.६४, टे«डिङ समूहको उपसूचक ३.०२ अंकले बढेको छ ।
बजारमा सामान्य गिरावट आउँदा कालिन्चोक दर्शन प्रालिको सेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ग्लोबल आईएमई लघुवित्त, न्यादी हाईड्रोपावरका लगानीकर्ताले कमाउँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आशा लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । सिमेन्टको ३ करोड ३६ लाख ५४ हजार २४६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।


क्लिकमान्डु