टिसिएलको नगदवृष्टि योजना सार्वजनिक



ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नयाँ वर्षलाई लक्षित गरेर ‘टिसिएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादन खरिद गर्दा आकर्षक नगद छुट र उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनामा चैत १४ देखि सीमित अवधिका लागि नेपालभरबाट सहभागी हुन सक्नेछन् ।

ग्राहकले टिसिएलका कुनै पनि सामानको खरिदमा नगद ६१ हजार ३ सयसम्मको छुट पाउन सक्नेछन् भने वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ किलोको एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै ४ हजार रुपैयाँबराबरको निःशुल्क एसि जडान सुविधा पनि पाउन सक्नेछन ।

कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । नेपालका लागि टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सिजी इओएल हो ।

सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल सोरुम र आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल सोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धारा र जोरपाटी तथा काठमाडौंबाहिर पोखरा, इटहरी, हेटौंडा र भरतपुरमा छ ।


क्लिकमान्डु