एनएमबि बैंकको ऋणपत्र निष्कासन, कति पाइन्छ ब्याज ?



काठमाडौं । एनएमबि बैंकले आजदेखि १० वर्ष अवधिका लागि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।

जसमा २४ लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ भने बाँकी १६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रबाट ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

‘एनएमबि डिबेन्चर १०.७५% –२०८९/९०’ निष्कासन गरेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।


क्लिकमान्डु