मनाङमा ३०.४ मेगावाटको माथिल्लो दूधखोला जलविद्युत आयोजना निर्माण हुने



काठमाडौं । मनाङको नासो गाउँपालिका वडा नम्बर ६ र ७ मा ३०.४ मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । विद्युत विकास विभागले जारी गरेको सूचना अनुसार कार्बनलेस इनर्जी फन्डले आयोजना निर्माण गर्ने भएको हो ।

कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ । आयोजनाको डिजाइन बहाव १२.३ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ३०४.५ मिटर छ ।

आयोजनाबाट वार्षिक औसत १८५.५६  गिगावट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट २०८२ असार १५ गते विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।

उत्पादित ऊर्जालाई विद्युत गृहमा जडान हुने १९ हजार ८०० केभीए, थ्री फेज आयल इमर्सड २ नोस, पाव ट्रान्स्फर्मरद्वारा १३२ केभी सिंगल सर्किट प्रसारणलाइन हुँदै आयोजना स्थलबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको धारापानी सबस्टेसनमा जोडिनेछ ।


क्लिकमान्डु