नयाँ अर्थमन्त्री भेट्न सेयर लगानीकर्ताको दौडधुप, बजारमा गिरावट कायमै

133
Shares

काठमाडौं । देशले नयाँ अर्थमन्त्री पाएपनि सेयर बजारमा भने सुधारको संकेत देखिएको छैन ।

नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले बजारको सुधारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको र बजारमा देखिएका समस्या समाधान गर्ने जनाएका छन् । यस्तै उनले बजारको सुधारका लागि भन्दै सेयर लगानीकर्तासँग पनि छलफल गरेका छन् । लगानीकर्ताले बजारको सुधारका लागि भन्दै ८१ बुँदे माग समेत पेश गरेका छन् ।

यस्तै अर्थमन्त्री डा. महतले बजारको सुधारका लागि भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई समते भेटिसकेका छन् । तर, बजारका सुधारको संकेत भने देखिएको छैन । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले नै घटेको छ ।

यो दिन बजार मापन गर्ने सूचक १६.६७.अंकले घटेर १८७१.८८ बिन्दुमा रोकिएको छ । २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको सेयर किनेबच भएको छ । यो दिन बजार घट्नुका साथै कारोबार रकम समेत न्यून भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा बैंकिङ समूहको उपसूचक ९.०४, विकास बैंक ३४.३६, विकास बैंक ३४.५९, वित्त कम्पनी १२.६५, होटल १७.७८, जलविद्युत ३२.६४, जीवन बीमा ४८.०४, उत्पादन तथा प्रशोधन ४५.४०, माइक्रोफाइनान्स ३८.९९, निर्जीबन बीमा १०३.३७ अंकले घटेको छ ।

Skip This