अर्थमन्त्री महतसँग सेयर लगानीकर्ताको ८१ बुँदे माग



काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ८१ बुँदे सुझाव दिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास र विस्तारकाका लागि भन्दै ८१ बुँदे सुझाव दिएका हुन् ।

फोरमले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डले तत्काल गरिनु पर्ने कार्य, क्रमिक रुपमा गर्नुपर्ने कार्य धितोपत्र र कम्पनी कानुनमा सुधार कर तथा करका दरमा सुधार, सस्थागत तथा नीतिगत सुधार, लागत तथा तरलता, कारोबार व्यवस्थापन, उपकरण र पूर्वाधारका विषयमा सुझाव दिएका छन् ।

यस्तै सूचना तथा प्रविधि, वैदेशिक संस्थागत वा व्यक्तिगत लगानीकर्तालाई भित्र्याउने , पहुँच विस्तार तथा वित्तीय साक्षरता र सूचीकृत जलविद्युत कम्पनी विशेषका विषयमा सुझाव दिएका छन् । लगानीकर्ताले दिएको यो सुझाव कति कार्यान्वयन हु्ने हो त्यो भने हेर्न बाँकी छ ।


क्लिकमान्डु