सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै दोल्ती पावर



काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

दोल्तीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँको १० लाख ७२ हजार ९७२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ६८ हजार १७ कित्ता सामूहिक लगानी कोष, १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ ।

१२ लाख ७१ हजार ८६१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने छ । आईपीओमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ । आईपीओमा आवेदन दिँदा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु