सेयर बजार राताम्मे, नयाँ मन्त्री आएपनि देखिएन सुधार
काठमाडौं । नयाँ अर्थमन्त्री आएपछि सेयर बजारमा सुधारको संकेत देखिने हल्ला हल्लामा नै सिमित भएको छ ।
देशले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतलाई मन्त्रीको रुपमा पाएपनि बजारमा भने सुधार आएन । डा. महतले मन्त्री भएलगत्तै बजारको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, बजारमा भने सुधार आउन सकेन । बजार मापन गर्ने सूचक २० अंकले घटेर परिसूचक १८८८.५५ बिन्दुमा रोकिएको छ ।
२६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १३.२२, विकास बैंक४१.३१, वित्त २३.८९, जलविद्युत ४१.६८, जीवन बीमा ३६.७४, उत्पादन तथा प्रशोधन ३५.७२, माइक्रोफाइनान्स ३५.८४, निर्जीबन बीमा ४७.२४ अंकले घटेको छ । कारोबारमा कालिन्चोक दर्शन, जीवन विकास लघुवित्त, स्वेत गंगा हाईड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक कारोबार रकमका आधारमा अघि देखिएको छ । बैंकको ५ करोड ५ लाख ६२ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र रिडी पावर कम्पनी रहेका छन् ।