प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक १.९४ अंकले बढेर परिसूचक १९१०.४९ बिन्दुमा रोकिएको छ । कारोबारमा २२ कम्पनीको १ हजार ६३९ कित्ता सेयर ७ लाख ३१ हजार ४३५ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.६४, जलविद्युत ०.३५, इन्भेष्टमेन्ट ०.२८, जीवन बीमा २७.६१, माइक्रोफाइनान्स समूहको उपसूचक ५.०७ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा समूहको उपसूचक १६.९८ अंकले घटेको छ ।