मोदी इनर्जी कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मोदी इनर्जी कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समय भित्र आईपीओमा आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ९ गतेसम्म आवेदन दिइसकेका छन् । आयोजना प्रभावित स्थानीयले भने आजसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई निष्कासन गरेको छ । जसमा पर्वत जिल्लाका कुश्मा नगरपालिका–३, मोदी गाउँपालिका–५, २, ६ र कुश्मा नगरपालिका–८ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । आईपीओमा सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एशिया र कुमारी बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु