रावा इनर्जीले आईपीओ निष्कासन गर्ने, कसले कहिलेसम्म दिन पाउँछ आवेदन ?



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने छ । त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने छ ।

कम्पनीले २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्ने भएको छ । उक्त सेयरमा खोटाङ जिल्ला केपीलासगडी गाउँपाललिका साविक (फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै ५६ लाख रुपैयाँको ५६ हजार कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम २ हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले २३ देखि वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले २३ गतेदेखि वैशाख ७ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी आश्वा सदसस्य रहेका बै‌‌क तथा बित्तीय स‍स्था मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै आयोजना प्रभावितले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै सेन्चुरी बैंक हाल प्रभु बैंक० बैंकका स्थानिय शाखाबाट आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु